PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

महन्थ ठाकुरको शुभकामना एमालेलाई, प्रधानमन्त्री देउवासँग माग पूरा गर्न आग्रह



पहिलोपोस्ट

महन्थ ठाकुरको शुभकामना एमालेलाई, प्रधानमन्त्री देउवासँग माग पूरा गर्न आग्रह

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले सरकारले मधेशका आन्दोलनकारी शक्तिसँग भएका सम्झौता पूरा नगरेकोमा दु:ख व्यक्त गरेका छन्। 

एमालेको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै गर्दा उनले मञ्चमा रहेका प्रधानमन्त्रीसँग आफ्ना माग राखे। 

'संविधानमा अझै त्रुटि छ। यसलाई संशोधनको माग हाम्रो छ,' उनले भने, 'हाम्रा माग, मुद्दा छन्। नागरिकता सम्बन्धि। जो जेलमा बसेका छन्- तिनीहरु रिहाइ गर्ने र मुद्दा फिर्ता लिने, अहिलेसम्म हुनसकेको छैन। लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक भएको छैन। बाँकी काम छ।' 

उनले माग पूरा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरे- 'सम्मानीय प्रधानमन्त्रीलाई म आग्रह गर्छु। उहाँले पनि हामीसँग सम्झौता गर्नु भएको थियो। त्यसैले पनि उहाँले बाँकी काम पूरा हुनु छ। तिनीहरु मुक्त हुन्छ। यदि भएन भने जुन २० लाख मानव साङ्लो मधेशमा थियो फेरी पनि निस्किन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell