PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

मलेशियामाथि नेपालको सहज जित



पहिलोपोस्ट

मलेशियामाथि नेपालको सहज जित
फाइल फोटो: क्यान

काठमाडौं: आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो चौथो खेलमा नेपाली टोलीले मलेशियामाथि जित निकालेको छ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपालले ६ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनाएको थियो। जसका लागि एल्सा हन्टरले अभिजित सर्वाधिक ३९ रन बनाउँदा मास एलिसाले १४ र युसरिना याकोपले १२ रन जोडिन्। अन्य ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालकी सबनम राईले सर्वाधिक २ विकेट लिँदा कविता कुवँर, सीता राना मगर र रुबिना क्षेत्रीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक ३० रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले २० रन तथा सरिता मगरले अविजित १५ रन जोडिन्। त्यस्तै कविता कुवँर १० रन बनाएर रन आउट भइन्। बलिङतर्फ मलेशियाकी एइसा एलीसाले १ विकेट लिइन्।

जितसँगै ४ खेलबाट ६ अंक जोडेको शीर्षस्थानमा छ। त्यस्तै ३ खेलबाट समान ६ अंक जोडेको यूएई दोस्रो स्थानमा छ भने ४ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ। चौथो र पाँचौं स्थानमा रहेका मलेशिया र भुटानको समान २/२ अंक छ भने अंकविहिन कुवेत तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell