PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एमाले महाअधिवेशन : पार्टी एकताको सम्भावना खोज्न माओवादी केन्द्रका नेता पोखरेलको सुझाव



पहिलोपोस्ट

एमाले महाअधिवेशन : पार्टी एकताको सम्भावना खोज्न माओवादी केन्द्रका नेता पोखरेलको सुझाव

चितवन : नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य लिलामणि पोखरेलले कम्युनिस्टहरु प्रति नेपाली जनताको अपार विश्वास रहेको बताएका छन्। 

एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ चुनौती देखिए पनि नयाँ सम्भावनाहरु पनि रहेको बताए। 

'समाजमा अन्तरविरोधहरु स्थिर हुँदैन सामाजिक परिवेश पनि बदलिन्छन्। द्वन्द तथा अन्तर विरोध रहिरहँदैन्। यो नियम मार्स्कवादीहरुले मात्र विश्लेषण गर्छन्,' उनले भने, 'हाम्रा बिचमा पनि यही नियम लागु भएको छ। हामी एक भयौँ। फेरी अलग भएका छौँ। कसैले पनि एक्लो यात्रा लिएर समाजवादीको प्राप्त हुन सक्दैन।' 

उनले पुन: पार्टी एकताको सम्भावना तर्फ महाधिवेशनले नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell