PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

चित्रबहादुर केसीले कम्युनिस्ट आन्दोलनमा देखेको समस्या : एकले अर्कालाई कालीपारे मात्र देख्छ



पहिलोपोस्ट

चित्रबहादुर केसीले कम्युनिस्ट आन्दोलनमा देखेको समस्या : एकले अर्कालाई कालीपारे मात्र देख्छ

काठमाडौं : नेपालमा बाम शक्तिहरुमा टुटफुटको अवस्थाबाट गुज्रिरहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन्। 

एमालेको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै अध्यक्ष केसीले राजनीतिक दलहरुमा जिम्मेवारी लिन नसक्ने बताए। 

प्रजातन्त्रमा भएको प्रगति आफ्नो कारणले भएको भन्ने गलत हुँदा हाम्रो कारणले भएको भनेर स्वीकार गर्न नसक्ने समस्या राजनीतिक दलमा रहेको बताए। 

'अहिले संसद अस्तव्यस्त छ। न्यायालय अस्तव्यस्त छ। हामीले अर्कालाई गाली गर्छौँ,' उनले भने, 'हाम्रो कारणले गर्दा भएको हो भनेर स्वीकार गर्न सक्दैनौँ।'

उनले अगाडि भने- 'वाम आन्दोलनमा एउटा समस्या छ। एउटा नारायणी पारी छ। अर्को नारायणी पारी छ। तर एकले अर्कालाई कालीपारे भन्छ भनेजस्तै हो। हामी पनि एक अर्कालाई गाली गरिरहेका छौँ।'

उनले देशमा लोकतन्त्रको स्थापना वाम लोकतान्त्रिक शक्तिहरुको उल्लेख्य योगदान भएको भन्दै त्यसका लागि वाम लोकतान्त्रिक शक्ति एक भएर अगाडि बढ्नुपर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell