PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

संविधान कार्यान्वयनमा एमालेलाई जिम्मेवार बनेर अगाडि बढ्न प्रधानमन्त्री देउवाको आग्रह



पहिलोपोस्ट

संविधान कार्यान्वयनमा एमालेलाई जिम्मेवार बनेर अगाडि बढ्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभामार्फत् ल्याएको संविधानलाई संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरुको रहेको बताएका छन्। 

एमालेको महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना व्यक्त गर्दै देउवाले एमालेलाई संविधान कार्यान्वयन गर्न जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे। 

'हाम्रा विचारहरु फरक फरक छन्। त्यसैले त हामी फरक फरक दलमा छौँ,' उनले भने, 'हाम्रा मतभिन्नताहरुलाई थाँती राखेर राष्ट्रिय मुद्दामा एक भएर अगाडि बढ्नुको विकल्प छैन।'

उनले एमालेका अध्यक्ष केपी ओली आफ्ना जेलका साथी भएको भन्दै जनताको सुखका लागि मिलेर अगाडि बढ्न आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell