PahiloPost

Jul 3, 2024 | २० असार २०८१

देउवाले सम्बोधन गर्दैगर्दा एमाले कार्यकर्ताको नारा : केपी बा ह्वी लभ यु



पहिलोपोस्ट

देउवाले सम्बोधन गर्दैगर्दा एमाले कार्यकर्ताको नारा : केपी बा ह्वी लभ यु

चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा चलिरहेको छ। उद्घाटन कार्यक्रमलाई विभिन्न राजनीतिक दलका अध्यक्षहरुले सम्बोधन गरेका छन्।

ओली सरकार ढालेर प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमाले महाधिवेशनमा पुगेर सम्बोधन गरेका छन्। संविधान कार्यान्वयनमा जोड दिँदै देउवाले सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताएका थिए।

देउवाले एमालेलाई महाधिवेशनको शुभकामना दिँदैगर्दा एमाले कार्यकर्ताहरुले होहल्ला गरेका थिए। देउवाले बोलिरहँदा एमाले कार्यकर्ताहरुले 'केपी बा, ह्वी लभ यु' भन्दै नारा लगाएका थिए। नारा बिच देउवाले सम्बोधन गर्दै गर्दा एमाले कार्यकर्ताहरुले 'आज होइन भोलिलाई दश वर्ष ओलीलाई' भन्दै चर्को नाराबाजी समेत गरेका थिए।

देउवा सरकार गठनको तीन महिनापछि ओली र देउवा एउटै मञ्चमा देखिएका हुन्। ओली र एमालेेले देउवा सरकार जनताको जनादेशबाट नभइ अदालतको परामादेशबाट बनेको आरोप लगाउँदै आएको छ। आजको उद्घाटन सत्रमा पनि देउवाको उपस्थितिमा एमाले नेता रामबहादुर थापा बादलले एमालेको सरकार ढालेर परामादेशबाट बनेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell