काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दार्चुलामा भएको जिल्ला निर्वाचनको मतगणना गर्ने क्रममा दुई पक्षबिच झडप भएको छ। दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबिच झडप भएको हो।
झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउँदलगायत घाइते भएका छन्। घाइते सबै धामी पक्षका कार्यकर्ताहरु रहेको बताइएको छ। घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।
नेपाली कांग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमतिको प्रयास सफल नभएपछि बिहीबार मतदान भएको थियो।
झडप पछि पनि मतगणना भने जारी राखेको जनाइएको छ। दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले सामान्य झडप भएको बताउँदै फेरि मतगणना सुरु भएको बताए ।
