PahiloPost

Jul 3, 2024 | २० असार २०८१

काँग्रेसको जिल्ला कार्यसमिति निर्वाचनको मतगणनामा झडप



पहिलोपोस्ट

काँग्रेसको जिल्ला कार्यसमिति निर्वाचनको मतगणनामा झडप

कैलाली : नेपाली काँग्रेस दार्चुलाको १४औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको छ। दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबिच झडप भएको हो।

झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउदलगायत घाइते भएका छन्। घाइते सबै धामी पक्षका कार्यकर्ता रहेको बताइएको छ। घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। 

नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमतिको प्रयास सफल नभएपछि बिहीवार मतदान भएको थियो।

झडप भए पनि मतगणना भने जारी राखिएको जनाइएको छ। दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले सामान्य झडप भएको बताउँदै मतगणना जारी रहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell