PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ओली, देउवा लगायतका नेताले भाषण दिइरहँदा नारायणी पुलमा अड्किए एम्बुलेन्स, अलपत्र परे सुत्केरीहरु

ओली, देउवा लगायतका नेताले भाषण दिइरहँदा नारायणी पुलमा अड्किए एम्बुलेन्स, अलपत्र परे सुत्केरीहरु

नेत्र तामाङ/पहिलोपोस्ट


चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका कारण बाटो अवरुद्ध हुँदा मध्य दिनदेखि नारायणी नदीको पुलमा एम्बुलेन्स रोकिएका छन्। अड्किएका अधिकांश एम्बुलेन्समा सुत्केरीहरु रहेका छन्। 

नारायणी नदीको किनारामा एमालेको दशैं महाअधिवेशन जारी रहँदा पूर्व-पश्चिम राजमार्गको यस खण्डमा यातायात ठप्प छ। प्रधानमन्त्री शेरबहादुर देउवा देखि एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य राजनीतिक दलका नेताले सभालाई सम्बोधन गरिरहँदा एम्बुलेन्समा अलपत्र परेकाहरु हारगुहार गरिरहेको देखिन्थ्यो। 

सुरुमा पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प पार्ने तयारी एमालेले गरेको थियो। त्यसको आलोचना भएपछि ठूला सवारी नचलाउन अनुरोध गरेकोमात्र एमालेले जनाएको थियो। तर, सडक नै अवरुद्ध पारेर शक्ति प्रदर्शनमा कार्यकर्ता उत्रिएपछि विरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका हुन्। 

मानिसको घुइँचोका कारण पुलबाट आवतजावत गर्न समेत समस्या भएको छ। नारायणी पुलबाट सवारी साधन चल्न सक्ने स्थिति छैन।

घण्टौंदेखि जाम हुँदा एमबुलेन्स अड्किएपछि माइकिङ गरेर बाटो खुलाउने प्रयास भएको थियो। ट्राफिक प्रहरीले पुलबाट मानिस हटाएर एम्बुलेन्स पठाउन खोजेको भए पनि मानिसको भिड रोकिएको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell