PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

देउवाकै सामुन्ने 'परमादेश सरकार' भन्दै ओलीले भने : अब जनमतको सरकार बनाउँछौं



पहिलोपोस्ट

देउवाकै सामुन्ने 'परमादेश सरकार' भन्दै ओलीले भने : अब जनमतको सरकार बनाउँछौं

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरु चुनाव केन्द्रित हुने उद्घोष गरेका छन्। चितवनस्थित नारायणी नदी किनारमा आयोजित १० औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले अब आफूहरु निर्वाचनको तयारीमा जुट्ने बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नै उनले देउवा सरकार परामादेशबाट बनेको भन्दै ओलीले महाधिवेशनपछि एमाले जनमतको सरकार बनाउन लाग्ने बताएका हुन्।

'मैले परामादेशबाट सरकार नबनाउँ भनेको हो। अब हामी चुनावको तयारी तर्फ जान्दैछौं। जनमततर्फ जाँदैछ,' उनले भने।

ओलीले अब हुने निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी समेत गरे। भने, 'चुनाव आउँदैछ। एमालेले बहुमत ल्याउँछ। तर एमालका लागि होइन। देश बनाउन बहुमत ल्याउँछौं।'

उनले नेपाललाई अन्धकार युगबाट यहाँ सम्म ल्याउन एमालेले ठूलो भूमिका खेलेको भन्दै देशमा अहिले देखिएको समस्य ठिक ढंगले पहिचान गरेर समाधान गर्ने क्षमता आफूहरुसँग मात्र रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell