PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

९ वर्षभित्र समृद्ध राष्ट्र बनाउने ओलीको उद्घोष, देउवालाई साक्षी राखेर भने : अब जनमतको सरकार बनाउँछौं



पहिलोपोस्ट

९ वर्षभित्र समृद्ध राष्ट्र बनाउने ओलीको उद्घोष, देउवालाई साक्षी राखेर भने : अब जनमतको सरकार बनाउँछौं

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी ९ वर्ष भित्र दिगो विकास लक्ष्य हासिल गर्ने बताएका छन्। 

एमालेको १० औं महाधिवेशनको उद्घाटन गर्दै ओलीले नेपाललाई अल्पविकशील राष्ट्रवाट विकासशील राष्ट्रमा स्तरोन्नती गराएको दावी गर्दै भने - 'हामी देशलाई छोटो समयमै एउटा समृद्ध राष्ट्र बनाउनु छ।' 

एमाले जाति, भाषाका नाममा जनता भिडाएर सद्‍भाव भाड्ने कुराको विरोधमा रहेको भन्दै सामाजिक सद्‍भावको पक्षमा रहेको उनले बताए। 

'हाम्रो नीति विद्‍वेषमा होइन, राष्ट्रिय एकताको हो,' उनले भने, 'हामी वास्तविक अर्थमा सही ढंगले यथार्थ ढंगले त्यसलाई प्रयोग गर्न चाहन्छौँ। स्वाधिनता भन्यौँ। तर वास्तविक अभ्यास भएन। एमालेले वास्तविक स्वाधिनताको अभ्यास थालेको छ।'

आफ्नो पालामा लिपु लेक, लिम्पियाधुरा समेटर नक्सा जारी गरेको भन्दै संवादबाट त्यसलाई फिर्ता लिनुपर्ने बताए। 'हामीले वास्तविक रुपमा नक्सामा समेटिएको भूमि फिर्ता नलिँदासम्म हेपिएको महसुस गरिरहने छौँ,' उनले भने।

देउवाकै सामुन्ने 'परमादेश सरकार' भन्दै ओलीले भने : अब जनमतको सरकार बनाउँछौं

ओलीले अब आफूहरु चुनाव केन्द्रित हुने उद्घोष गरेका छन्। चितवनस्थित नारायणी नदी किनारमा आयोजित १० औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले अब आफूहरु निर्वाचनको तयारीमा जुट्ने बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नै उनले देउवा सरकार परामादेशबाट बनेको भन्दै ओलीले महाधिवेशनपछि एमाले जनमतको सरकार बनाउन लाग्ने बताएका हुन्।

'मैले परामादेशबाट सरकार नबनाउँ भनेको हो। अब हामी चुनावको तयारी तर्फ जान्दैछौं। जनमततर्फ जाँदैछ,' उनले भने।

ओलीले अब हुने निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी समेत गरे। भने, 'चुनाव आउँदैछ। एमालेले बहुमत ल्याउँछ। तर एमालका लागि होइन। देश बनाउन बहुमत ल्याउँछौं।'

उनले नेपाललाई अन्धकार युगबाट यहाँ सम्म ल्याउन एमालेले ठूलो भूमिका खेलेको भन्दै देशमा अहिले देखिएको समस्य ठिक ढंगले पहिचान गरेर समाधान गर्ने क्षमता आफूहरुसँग मात्र रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell