PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

अरुले ओगटेको अन्तरिक्षको बाटो आफ्नो पालामा फिर्ता लिएको ओलीको दाबी



पहिलोपोस्ट

अरुले ओगटेको अन्तरिक्षको बाटो आफ्नो पालामा फिर्ता लिएको ओलीको दाबी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको उपस्थिति आफ्नो पालामा अन्तरिक्षसम्म पुर्‍याएको दाबी गरेका छन्। 

एमालेको १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, 'धर्तीको अर्विट छेडेर सानो भए पनि भूउपग्रह पठाएका छौँ। अब ठूलो पठाउने छौँ।' 

उनले आफ्नो पालामा अन्तरिक्षमा अरुले ओगटेको नेपालको बाटो फिर्ता लिएको दाबी गरे। 

'स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ। अरुले ओगटेको हाम्रो मार्ग फिर्ता लिएका छौँ। अब अन्तरिक्षमा हाम्रो मार्ग छ। हामीले दाबी गरेका छौँ,' उनले भने। 

'जलमार्ग नदीका मार्गका सम्बन्धमा भारतसँग सहमति भइसकेको छ। हामीले काम गरिरहेका छौँ,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell