PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

थ्री स्टारलाई हराउँदै ए डिभिजन लिगमा सातदोबाटोको पहिलो जित

थ्री स्टारलाई हराउँदै ए डिभिजन लिगमा सातदोबाटोको पहिलो जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले थ्री स्टारमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको सातदोबाटोको ए डिभिजन लिगमा यो पहिलो जित हो।

सातदोबाटोका मिडफिल्डर सुदिप गुरुङले अजयी मार्टिन्सको पासमा पेनाल्टी बक्स बाहिरबाट २९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। लगत्तै थ्री स्टारका ऋतिक कुमार खड्काको कडा प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाएका थिए। ४१ औं मिनेटमा राम्रो अवसर पाए पनि सातदोबाटोका प्रशान्त अवस्थीले फितलो प्रहार गर्दा थ्री स्टारका गोलकिपरले सजिलै बचाएका थिए।

पहिलो हाफमा सातदोबाटो १ गोलले अघि रह्यो। दोस्रो हाफमा थ्री स्टारले खेलमा फर्कन प्रयास गरेपनि सफल हुन सकेन। थ्री स्टारका निरज चौधरीले ६२ औं मिनेटमा गोलकिपरको देब्रे साइडबाट गरेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले जोगाएका थिए।

आजै हुने दोस्रो खेलमा संकटा र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell