PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

निबन्ध संग्रह पिँजडाको मान्छे सार्वजनिक



पहिलोपोस्ट

निबन्ध संग्रह पिँजडाको मान्छे सार्वजनिक

काठमाडौँ : सरला गौतमको निबन्ध संग्रह 'पिँजडाको मान्छे' सार्वजनिक भएको छ। नेपालयले आज पुस्तक सार्वजनिक गरेको हो। पिँजडाको मान्छे यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो। यसअघि सुजीव शाक्यको 'अर्थात्परिवर्तन' प्राइमरी ई-बुकका रुपमा प्रकाशित गरिएको थियो।

गौतमको निबन्धहरूले आधुनिक मनुष्यको एकांकीपन, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दामा गहन दृष्टि राखेको नेपालयले जनाएको छ।

'महामारीले संसारलाई दुईवटा फरक धारमा विभाजन गरिदियो - कोभिडभन्दा पहिलो र कोभिडभन्दा पछिल्लो। महामारी पछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको छ; साथै यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको छ,' गौतमले पुस्तकबारे भनेकी छिन्, 'यस अन्तरालमा पितृसत्ता, पर्यावरण्, कृषि, समानताका मुद्दालाई नियाल्ने नयाँ आयाम खुलेका छन्। विराटतम स्वतन्त्रताको खोजीमा शहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरुको जञ्जालमा फस्दैगएको छ, त्यही प्रकृयाहरुको चिन्तनको उपज हो यो पुस्तक।'

नेपालयले संकलित निबन्धहरूमा गद्य-शैली झल्किएको जनाएको छ। लेखक गौतम स्तम्भकारका रुपमा स्थापित छिन्। यसमा उनका केही पूर्व प्रकाशित निजत्व झल्कने लेखहरू पनि समावेश छ।

'हामी गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँच-योग्य डिजिटल फर्म्याटमा काम गरिरहेका छौं,' पब्लिकेसन्स नेपालयका प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले जानकारी गराइन्। 'पिँजडाको मान्छे' यस शृङ्खलाको पहिलो कृति हो।

'पिँजडाको मान्छे' नेपाली बजारका निम्ति थुप्रैडटकमले एक सय रुपैयाँमा उपलब्ध गराउने नेपालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell