PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

'ड्रोन सट'मा चितवन महाधिवेशन : आकाशबाट यस्तो देखियो एमालेको भव्य कार्यक्रम

'ड्रोन सट'मा चितवन महाधिवेशन : आकाशबाट यस्तो देखियो एमालेको भव्य कार्यक्रम

प्रवीण रानाभाट/पहिलोपोस्ट


चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा आज सम्पन्न भयो। उद्घाटन समारोहका लागि नदी किनारमा ५० लाखको लागतमा स्टेज बनाइएको थियो। यस्तै,  ५ लाख मानिस उतार्ने एमालेको दाबी थियो।

महाधिवेशन हुने भएपछि केही दिनदेखि नै चितवन राजनीतिको केन्द्र बन्यो। धेरै संख्यामा मानिसको गतिविधि भएकाले आर्थिक कारोबारको पनि केन्द्रमा रह्यो चितवन। बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो चितवनको। 

महाधिवेशन हेर्न हजारौंको संख्यामा मानिसहरु नारायणी नदी किनारमा पुगेका थिए। यस्तै, नवलपुर पूर्व र चितवन जोड्ने पुल बिहानैदेखि खचाखच थियो। उद्घाटनको समापन बेलासम्म पुलमा सवारीसाधन र मानिसको आवतजावतमा समस्या देखिएको थियो।

यस्तै, नदी किनारमा मानिसहरुको भिड बढेपछि सुरक्षा चुनौतीका कारण नदी किनारमा सशस्त्र प्रहरी बल तैनाथ गरिएको थियो।

हेर्नुस् नारायणी नदी किनारको ड्रोन सट :



ट्रेन्डिङ पोस्ट

Ncell