PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

अस्तव्यस्त नारायणगढ

अस्तव्यस्त नारायणगढ

प्रवीण रानाभाट/पहिलोपोस्ट


चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका कारण आज बिहानै देखि चितवनको नारायणगढ क्षेत्र अस्तव्यस्त बन्यो।

नारायणी नदी किनारमा आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्रका कारण मुख्य सडक मार्गहरु अवरुद्ध भएका थिए। जसकारण सहायक सडकहरुमा मानिस र सवारी साधनको 'मुभमेन्ट' बढेको थियो।

महाधिवेशन आयोजनास्थलमा मानिसको भिड बढ्दा व्यवस्थापकिय कमजोरी प्रष्ट देखिन्थ्यो। सडकमा घन्टौंको जाम लाग्दा नारायणी नदी पुलमा एम्बुलेन्स निकाल्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो। यस्तै, सडकमा मानिसको भिडका  कारण सवारी साधन संचालन हुन सकेन।



ट्रेन्डिङ पोस्ट

Ncell