PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चिर्पट प्रहार गरी छोराले गरे आमाको हत्या



रासस

चिर्पट प्रहार गरी छोराले गरे आमाको हत्या

पाल्पा : पाल्पामा छोराले आमाको हत्या गरेका छन्। पाल्पा रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी हत्या गरेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell