PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सेती नदीमा हाम फालेर एक महिला बेपत्ता, खोजी कार्यका लागि प्रहरी टोली परिचालन



रासस

सेती नदीमा हाम फालेर एक महिला बेपत्ता, खोजी कार्यका लागि प्रहरी टोली परिचालन

डोटी : डोटीको दिपायलस्थित सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्। आज दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए।

उनले भने, ‘नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी सहायक निरीक्षकको कमाण्डमा सात जना प्रहरी टोली र सशस्त्र प्रहरी टोली खटिएको छ, भेटाउन सकिएको छैन।’

पक्कि पुलबाट हाम फालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशब खड्काले देखेपछि इलाका प्रहरी कार्यालयमा खबर गरेको तथा हाम फाल्ने महिलाको नाम र ठेगाना नखुलेको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell