PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

चितवन पुगेर पनि केपी ओलीको बार्दलीबाट हाइ-हेल्लो

चितवन पुगेर पनि केपी ओलीको बार्दलीबाट हाइ-हेल्लो

नेत्र तामाङ/पहिलोपोस्ट


चितवनः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर पनि बार्दलीबाट हाइ-हेल्लो गरेका छन्। नारायणगढस्थित रहेको मेन रोडको एक घरमा केही समय बिताएका उनले बार्दलीबाट हाइ-हेल्लो गरेका हुन्।

महाधिवेशन उद्घाटन गर्न पुग्नुअघि ओली उक्त घरमा प्रवेश गरेका थिए। उनी उक्त घरमा पसेपछि कार्यकर्ता त्यहीँ ओइरेका थिए। सुरक्षाकर्मीलाई उक्त भीड सम्हाल्न मुस्किल परेको थियो।

कार्यकर्ताको ओइरो लागेको थाहा पाएपछि दोस्रो तल्लाको बार्दलीबाट निस्केर सबैलाई ओलीले हात हल्लाए।

त्यसपछि उक्त स्थानमा केपी ओली जिन्दावादको नारा गुन्जिएको थियो।

बार्दलीबाट ओर्लिएर ओली केही बेरमा आफ्नो सवारीमा पुगेका थिए। गाडीमा चढ्दा पनि ओलीले चारैतिर घुमेर कार्यकर्तालाई हात हल्‍लाए।



ट्रेन्डिङ पोस्ट

Ncell