PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

नारायणीको पुलमा जाम हुँदा एम्बुलेन्समाथि नै राखेर उपचार

नारायणीको पुलमा जाम हुँदा एम्बुलेन्समाथि नै राखेर उपचार

प्रवीण रानाभाट/पहिलोपोस्ट


शुक्रवार एमाले महाधिवेशन उद्घाटन सत्रमा नेताहरु भाषण गर्न व्यस्त थिए। यता नारायणीको पुलमाथि भने एम्बुलेन्स जाममा फसेको थियो। झन्डै १ बजेदेखि त्यहाँ सवारी जाम हुँदा दर्जन बढी एम्बुलेन्स आउजाउमा रोक लागेको थियो।

बेलाबेला साइरन बजाए पनि खुल्ने अवस्था थिएन। झन्डै पाँच घण्टा त जाम नै भयो।

यही बीचमा ४ बजेर ५ मिनेटमा बिरामीलाई एम्बुलेन्समाथि राखेर उपचार थालियो। बिरामी बेहोस हुन थालेका थिए। अक्सिजनको कमी र गर्मीले ढलेका बिरामीलाई उपचार गर्न हम्मे भइरहेको थयो। अर्को एम्बुलेन्समाथि ४ बजेर ५७ मिनेटमा प्राथमिक उपचार थालियो।

जाममा फसेका बेला बिरामीभन्दा एम्बुलेन्स चालक हतासिएको देखिन्थे। उनीहरु भन्दैथिए- नेताहरुलाई भाषण गर्न पाए भयो। हाम्रो समस्या बुझ्ने को नै छ र!



ट्रेन्डिङ पोस्ट

Ncell