PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ए डिभिजन लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासल र एपीएफ भिड्ने



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासल र एपीएफ भिड्ने
थ्री स्टारसँगको प्रतिस्पर्धामा च्यासलका कप्तान विराज महर्जन

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ भिड्ने छन्। दुबै टोली लिगमा पहिलो जितको खोजीमा हुनेछन्। च्यासल आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबसँग ३-० गोलअन्तरले पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ ले पराजित भएको थियो।

खेल दिउँसो १ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। हिमालयन शेर्पा क्लबले यसअघि संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो भने मनाङले जावलाखेल युथ क्लबसँग १-० को संघर्षपूर्ण जित निकालेको थियो।

मनाङ र शेर्पाबीचको खेल आज साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell