पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापतिमा राजु थापा विजयी भएका छन्। शुक्रबार भएको अधिवेशनमा थापाले आफ्नो प्रतिस्पर्धी भागवत प्रकाश मल्ललाई ३२ मतान्तरले पराजित गर्दै विजयी भएको हुन्। मल्ल गण्डकी प्रदेशका सांसद समेत हुन्।
थापाले १ हजार १ सय १७ मत ल्याउदा मल्लले १ हजार ८५ मत प्राप्त गरेका थिए। कुल २ हजार २ सय ५७ मतदाता रहेकामा २ हजार २ सय १८ मत खसेको थियो। यस्तै उपसभापतिमा केदार काफ्लेले १ हजार ३ सय ७० र शेरबहादुर रानाले ८ सय ९३ मत ल्याउदै विजयी भएका छन्।
सचिवमा गुरुप्रसाद भट्टराईले१ हजार २ सय ९२ र र दामोदर लम्साल रेग्मीले ९ सय ३४ ल्याउदै विजयी भएका छन्। यता सहसचिवमा ध्रुवबन्धु पौडेलले १ हजार १ सय ५८ र पृथ्वीप्रसाद पोखरेल ९ सय ३९ ल्याएर विजयी भएका छन्।
