PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कांग्रेस पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित



पहिलोपोस्ट

कांग्रेस पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित

पोखराः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन्। शुक्रबार भएको  अधिवेशनमा श्रेष्ठले आफ्नो प्रतिस्पर्धी कृष्ण बस्याललाई २८६ को भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

श्रेष्ठले ५०९ मत ल्याउँदा बस्यालले २२३ मत प्राप्त गरेका थिए। 

यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ४६६, ज्ञानबहादुर गाहाले ५१८ ल्याउँदै विजयी भएका छन्। सचिवमा सुनिता अधिकारीले ५७२, सन्तोष थापाले ४८९ मत ल्याउँदै विजयी भएका छन्।

यता सहसचिव पदमा हुमिद मियाँले ४९१, विष्णुबहादुर थापाले ४२१ ल्याएर विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell