PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

बहुमत नपुग्दा कास्कीमा जिल्ला सभापतिका लागि पुनः मतदान हुँदै



पहिलोपोस्ट

बहुमत नपुग्दा कास्कीमा जिल्ला सभापतिका लागि पुनः मतदान हुँदै

पोखराः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कास्की जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत पुगेन। शुक्रबार भएको निर्वाचनमा सभापति पदका लागि पाँचै जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्। पाँच जना उम्मेद्वारबीच किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा थियो।

बढी मत ल्याएका बराल र भट्टराईबीच शनिबार पुनः मतदान हुने भएको छ।

शुक्रबारको निर्वाचनमा बरालले ६४४ मत र उनका प्रतिस्पर्धी भट्टराईले ४६९ मत ल्याएका थिए। तेस्रो मत ल्याउनेमा आइबहादुर गुरुङले ४६२, पोषनाथ शर्माको ३३५ र गिरीराज गौतमको ६३ मत ल्याएका थिए।

निर्वाचनमा ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

विधान बमोजिम सभापतिले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने बाध्यतात्मक व्यवस्था छ। ५० प्रतिशत बढी मत प्राप्त गर्न नसकेमा पुनः पहिलो र दोस्रो हुने उमेद्वारबीच चुनाव गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार आज पुनः बराल र भट्टराईबीच चुनाव गरिन लागिएको हो। निर्वाचनमा दुई हजार ८८ मतदातामा २ हजार २३ जनाले मतदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell