PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै बन्दसत्र स्थलमा कार्यकर्ताको नाराबाजी



पहिलोपोस्ट

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै बन्दसत्र स्थलमा कार्यकर्ताको नाराबाजी

चितवनः नेकपा (एमाले) को दशौँ महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ। औपचारिक रुपमा बन्द सत्र सुरु भइसकेको छैन। पदाधिकारी सहमतिमा चयन गर्ने तयारी भए पनि हालसम्म कुनै पनि पदमा सर्वसम्मत हुन सकेको छैन।

औपचारिक रुपमा बन्द सत्र सुरु नभए पनि होटलबाहिर अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै कार्यकर्ताले नाराबाजी गरेका छन्। होटेल सेभेन स्टारबाहिर कार्यकर्ताले नाराबाजी गरेका हुन्।

शुक्रबार रातिको केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यबारे निर्णय गरेको थियो। साथै पोलिटब्यूरो संरचना पुनः ब्युँताउने निर्णय पनि गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell