PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

बन्दसत्र ढिलाइ हुँदा फुर्सदिला बने प्रतिनिधि : कोही कोट छान्दै, कोही चोकतिर घुम्दै

बन्दसत्र ढिलाइ हुँदा फुर्सदिला बने प्रतिनिधि : कोही कोट छान्दै, कोही चोकतिर घुम्दै

प्रवीण रानाभाट/पहिलोपोस्ट


चितवनः नेता व्यवस्थापनमा सहमति नहुँदा नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र सुरु भएको छैन। शनिबार बिहान १० बजै नै बन्दसत्र सुरु हुने भनिए पनि सुरु नभएको हो। पदाधिकारी चयनका विषयमा सहमति नहुँदा बन्दसत्र सुरु हुन सकेको छैन। अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति गरेर जाने बताउँदै नेताहरुसँग छलफल गरिरहेका छन्। तर, सहमति भएको छैन। 

बन्दसत्र सुरु हुन ढिलाइ हुँदा प्रतिनिधि भने फुर्सदिला बनेका छन्। कोही किनमेलमा छन्। कतिपय प्रतिनिधिहरु चोकतिर घुमिरहेका छन्। बन्दसत्र स्थल बाहिर केहीबेर अघि भने वर्तमान अध्यक्ष ओलीलाई नै अध्यक्षमा सर्वसम्मत गराउन माग गर्दै नाराबाजी समेत भएको थियो। 
 



ट्रेन्डिङ पोस्ट

Ncell