PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

कांग्रेसलाई २३ सिटमा झारेका देउवालाई फेरि सभापतिमा दोहोर्याए पार्टीलाई गाह्रो पर्छ : प्रकाशमान सिंह



पहिलोपोस्ट

कांग्रेसलाई २३ सिटमा झारेका देउवालाई फेरि सभापतिमा दोहोर्याए पार्टीलाई गाह्रो पर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभपति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्। शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन बाट कांग्रेसलाई २३ सिटमा सिमित गराएको नेतृत्व परिवर्तन नभए पार्टीलाई आगामी दिनमा गाह्रो हुने दाबी समेत गरे।

'केन्द्रको नेतृत्व यदी हामिले परिवर्तन गर्न सकेनौँ भने १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा २३ सिटमा झरेको पार्टी, अब फेरि हामिले सन्देश राम्रोसँग ग्रहण गरेर जनताले चाहे अनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौँ भने कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ' उनले भने।

कांग्रेस कमजोर भयो भए नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन भन्दै उनले अहिलेको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिने समेत बताए।

प्रकाशमान सिंहले आगामी महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति पदमा टक्कर दिँदै बताउँदै आएका छन्। विमलेन्द्र निधिले सार्वजनिक रुपमा सभापतिका लागि लड्ने घोषणा गरिसकेका छन्। तर देउवा इतर समुहमा सभापतिका आकांक्षी धेरै हुँदै कसैले पनि औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell