PahiloPost

Dec 5, 2023 | १९ मंसिर २०८०

एमाले महाधिवेशन : बन्दसत्र क्षेत्रमा सवारीको चाप बढेपछि सडक बन्द गरियो

एमाले महाधिवेशन : बन्दसत्र क्षेत्रमा सवारीको चाप बढेपछि सडक बन्द गरियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सौराहको सेभनस्टार होटलमा हुँदैछ। बिहान १० बजे सुरु हुने भनिएपनि नेता व्यवस्थापनम कुरा नमिलदा बन्दसत्र सुरु हुन सकेको छैन।

यसबिच बन्दसत्र हुने क्षेत्रको वरपरका सडकहरु बन्द गरिएका छन्। सवारी चाप बढेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो।

सौराहको हात्तीचोकबाट भित्र पस्न दिइएको छैन। यस्तै, नेसनल पार्क इन्ट्री क्षेत्रबाट सवारी साधन रोकिएको छ।

एमाले महाधिवेशनका कारण चितवनको ट्राफिक व्यवस्था हिजैदेखि अस्ताव्यस्त हुँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell