चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिला गरि सुरु भएको हो।
पदाधिकारीमा धेरै आकांक्षी भएपछि नेता व्यवस्थापनमा सहमति नहुँदा बन्दसत्र सुरु हुन सकेको थिएन। बन्दसत्र सुरु हुन ढिलाइ हुँदा प्रतिनिधि भने फुर्सदिला बनेका थिए। कोही किनमेलमा व्यस्त बने कतिपय प्रतिनिधिहरु चोकतिर घुमिरहेका थिए।
केही घण्टापछि बन्दसत्र सुरु हुने निश्चय भएपछि बैठक बस्ने स्थल बाहिर प्रतिनिधिहरुको लाइन लागेको थियो। बन्दसत्र हुने स्थलमा प्रवेश गर्न उनीहरु प्रतिनिधि परिचय पत्र बोकेर लाइनमा बसेका थिए।
प्रतिनिधिहरुलाई बन्दसत्रमा प्रवेश गर्न यसपटक क्युआर कोड सहितको प्रवेश पत्र उपलब्ध गराइएको थियो। क्युआर कोड स्क्यान गराएर बन्दसत्रमा प्रवेश गर्न प्रतिनिधिहरु लाइन बसेका थिए।
दृश्यमा बन्दसत्रमा प्रवेश गर्न लामबद्ध प्रतिनिधिहरु :