PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

एपीएफमाथि च्यासलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

एपीएफमाथि च्यासलको संघर्षपूर्ण जित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा च्यासलले एपीएफमाथि १-० गोलअन्तरले जित निकालेको हो।

च्यासलले पहिलो हाफमा दवाब बनाए पनि गोल गर्न भने सकेन। पहिलो हाफको गोलरहित बराबरीपछि च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे। उनले खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठको पासमा उत्कृष्ट गोल गरेका हुन्। दोस्रो हाफमा एपीएफले गोल फर्काउनका लागि दवाब बनाएर पनि सफल हुन सकेन।

यो सँगै च्यासलले जारी लिगमा पहिलो जित निकालेको छ। यसअघिको खेलमा अर्को ललितपुरको क्लब थ्री स्टारसँग ३-० ले च्यासल पराजित भएको थियो। त्यस्तै पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग पराजय ब्यहोरेको एपीएफले लगातार दोस्रो हार ब्यहोरेको हो।

आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब पौने ५ बजे आमनेसामने हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell