PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सर्वसम्मतिको प्रयास भइरहँदा भीम रावल र घनश्याम भुसालले प्रतिनिधिसँग माग्न थाले मत



पहिलोपोस्ट

सर्वसम्मतिको प्रयास भइरहँदा भीम रावल र घनश्याम भुसालले प्रतिनिधिसँग माग्न थाले मत

चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहस्थित सेभनस्टार होटलमा भइरहेको छ। पदाधिकारीमा धेरै आकांक्षी भएपछि सर्वसम्मत रुपमा नेतृत्व र पदाधिकारी चयन हुन नसकेपछि नेताहरुबिच बिहानैदेखि भएको छलफलका कारण बन्दसत्र ढिला भएको हो।

बन्दसत्र सुरु भएपनि एमाले अध्यक्षले सहमतिका लागि प्रयास गरिरहेका छन्। पद व्यवस्थापन गर्न ओलीले आफू निकट नेताहरुसँग विभिन्न चरणमा वार्ता गरेका छन्। तर उक्त वार्ताले कुनै निष्कर्श निकाल्न सकेन।

यता, ओली इतर समूहका भीम रावल र घनश्याम भुसालले भने बन्दसत्रमा पुगेका प्रतिनिधिहरुसँग मत माग्न सरु गरिसकेका छन्। रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसेका छन्। ‌ओलीले रावललाई सहमतिमा ल्याउन प्रयास गरेपनि रावलले मानेका छैनन्।

यस्तै, घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनले पनि प्रतिनिधिहरुसँग मत माग्न थालेका छन्।

पदाधिकारीमा आकांक्षी नेताहरुको संख्या बढेपछि विधान संशोधन गर्दै पदाधिकारीको संख्या थप गरिएको थियो। तर पनि ओलीलाई नेता व्यवस्थापनमा अझै सकस परिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell