काठमाडौं : नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश अधिवेशनमा प्रदेश सभापति पदको उम्मेदवार बन्ने बताएका छन्। कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन उनले बताए।
मंसिर १६ र १७ गते हुने हेटौंडामा हुने प्रदेश अधिवेशन हुँदैछ।
उनले आफुले मकवानपुरको सभापति र प्रदेश संसदीय दलको नेताका रुपमा काम गरिसकेकोले अब प्रदेश सभापति भएर १३ जिल्लाको विकास र समृद्धि एवम् कांग्रेसको हितमा काम गर्ने योजना रहेको बताए।
२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित बानियाँ २०७४ सालको प्रंतिनिधिसभा एवम् प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) बाट एमाले उम्मेदवार राजाराम स्याङ्तानलाई हराउँदै विजयी भएका थिए।