PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बन्दसत्रमा 'भोटिङ मेसिन' प्रयोग गर्न सिक्दै प्रतिनिधि, मतदान गर्न एकजनालाई आधा घण्टा लाग्ने



नेत्र तामाङ

बन्दसत्रमा 'भोटिङ मेसिन' प्रयोग गर्न सिक्दै प्रतिनिधि, मतदान गर्न एकजनालाई आधा घण्टा लाग्ने

चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहस्थित सेभनस्टार होटलमा भइरहेको छ। पदाधिकारीमा धेरै आकांक्षी भएपछि सर्वसम्मत रुपमा नेतृत्व र पदाधिकारी चयन हुन नसकेपछि नेताहरुबिच बिहानैदेखि भएको छलफलका कारण बन्दसत्र ढिला भएको हो।

अहिले बन्दसत्रमा विदेशी पाहुनाले सम्बोधन गरिसकेका छन्। बन्दसत्रमा केही प्रतिनिधिहरु हलभित्रै सम्बोधन सुनिरहेका छन् भने केही प्रतिनिधि हल बाहिर छन्।

सम्बोधन भइरहेको सभाकक्षबाहिर भने प्रतिनिधिहरुलाई नमुना मतदानको व्यवस्था गरिएको छ। एमाले महाधिवेशनमा यसपटक ‘राम–लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिँदैछ। त्यसैले केही प्रतिनिधि भोलिको लागि तय भएको निर्वाचनको लागि कसरी मतदान गर्ने भनेर सिकिरहेका देखिए। यसअघि पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले 'रामलक्ष्मण भोटिङ मेसिन'बाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गरेको थियो। तर, सबै प्रतिनिधिहरुले नमुना मतदानमा सहभागी हुन पाएका थिएनन्।

बन्दसत्रमा चितवनबाट प्रतिनिधि बनेर पुगेकी रोहिनी त्रिपाठीले मतदान प्रक्रिया सहज हुने विश्वास व्यक्त गरिन्। उनले मतदान गर्न करिब २० मिनेट लाग्ने बताइन्।

 एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशनमा निर्वाचन लागि ९० विद्युतिय भोटिङ मेसिन प्रयोग हुनेछ। १० वटा मेसिन भने 'ब्याकअप' का लागि राखिएको छ।

 एमाले केन्द्रीय निर्वाचन आयोगले मंसिर ११ गते उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाएको थियो। मंसिर १२ गते बिहान ८ बजेदेखि मतदान सुरु भएर साँझ ६ बजेसम्म सक्ने र मतदान सकेको चार घण्टामा नै हामीले मतपरिमाण घोषणा गर्ने योजना कम्पनीको थियो। एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने अनुमान एमाले केन्द्रीय निर्वाचन आयोगले गरेको छ। 

तर, एमालेमा नेता व्यवस्थापनमा सकस हुँदा मनोनय दर्ता प्रक्रिया नै सुरु हुन सकेको छैन। मनोनयन दर्ता प्रक्रिय सुरु नहुँदा यसअघि बनाइएको निर्वाचन कार्यतालिका प्रभावित हुने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell