PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

हिमालयन शेर्पा क्लबमाथि मनाङको संघर्षपूर्ण जित

हिमालयन शेर्पा क्लबमाथि मनाङको संघर्षपूर्ण जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लबले हिमालयन शेर्पा क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले १-० गोलअन्तरले जित निकालेको हो।

मनाङको जितमा ओलावाले अफीजले निर्णायक गोल गरे। उनले खेलको ८४ औं मिनेटमा पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले पास गरेको बललाई जाली चुमाएका थिए।

योसँगै मनाङले लिगमा लगातार दोस्रो जित निकालेको छ। पहिलो चरणको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो। जितसँगै ६ अंक जोडेर मनाङ शीर्षस्थानमा उक्लिएको छ।

आजै सम्पन्न पहिलो खेलमा च्यासल युथ क्लबले एपीएफमाथि १-० को जित निकालेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell