PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

भैरहवामा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु



पहिलोपोस्ट

भैरहवामा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

बुटवलः रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। शनिबार भैरहवाको बर्मेली चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जा चापाकोट नगरपालिका ४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप खनालको मृत्यु भएको हो।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।

ट्रकको ठक्करबाट घाइते भएका बाबु छोराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell