PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

ओलीलाई पदाधिकारीको नाम प्रस्ताव गर्ने अधिकार दिएकोमा भीम रावलको प्रतिवाद, ‘दुनियाँसामु कसरी अनुहार देखाउने’



प्रकाश भण्डारी

ओलीलाई पदाधिकारीको नाम प्रस्ताव गर्ने अधिकार दिएकोमा भीम रावलको प्रतिवाद, ‘दुनियाँसामु कसरी अनुहार देखाउने’

चितवनः नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र पेचिलो बन्दै गएको छ। पदाधिकारी चयनमा सहमति गर्ने भनिए पनि आकांक्षी व्यवस्थापन नहुँदा विवाद लम्बिएको छ। विवाद नमिल्दा बन्दसत्रको सुरुवातमा नै ढिलाइ भएको थियो। शनिबारको बन्दसत्र भने सकिएको छ। बन्दसत्र निरन्तर रहेको छ। 

बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको समेत नाम प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको भन्दै उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन्। रावल अध्यक्षका आकांक्षी समेत हुन्। 

ओलीलाई नामावली पेसको अधिकार दिएपछि समय लिएर उपाध्यक्ष रावलले विरोध गरेका हुन्। जबज मान्ने पार्टीले प्रतिस्पर्धा निस्तेज गरेर एक व्यक्तिलाई सर्वाधिकार दिइनु गलत भएको बताए। 

उनले भने, ‘जबज मान्ने तर निर्वाचनमा नमान्ने यो कस्तो व्यवस्था हो? एउटै व्यक्तिलाई सबै नाम प्रस्तुत गर्ने अधिकार दिनु आपत्तिजनक छ। यदि यस्तो हो भने दुनियाँसामु कसरी अनुहार देखाउने।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell