PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमालेको बन्दसत्रमा चर्काचर्की : विष्णु पौडेलको प्रस्तावलाई भीम रावलले प्रतिवाद गर्दा होहल्ला



प्रकाश भण्डारी

एमालेको बन्दसत्रमा चर्काचर्की : विष्णु पौडेलको प्रस्तावलाई भीम रावलले प्रतिवाद गर्दा होहल्ला

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबिच शनिवारको बन्द सत्रमा घोचपेच भएको छ। शुक्रवार रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी र पदाधिकारी संख्या थप्ने निर्णय गरेको थियो। उक्त निर्णय शनिवारको बन्द सत्रमा प्रस्तुत गरिएको नेताहरुले बताएका छन्।

त्यसबारेमा भने नेताहरुले असहमति जनाएनन्। तर, उपमहासचिव विष्णु पौडेलले बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्य चयनको जिम्मा अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेपछि भने अध्यक्ष पदका प्रत्यासी रावलले त्यसको तत्काल प्रतिबाद गरेका थिए। विषेश प्रस्तावको रुपमा पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको सूचि ओलीले तयार पार्ने बताएपछि रावलले विरोध जनाएका थिए।

अध्यक्ष मण्डलका तर्फबाट मञ्चमा रहेका रावलले हात ठड्याएर विरोधको जानकारी दिएपछि पौडेलले बोल्ने समय दिएका थिए।

'घनश्याम भुसालले उठेर प्रतिवाद गर्नुभयो। त्यसपछि महासचिवले अब तपाइ बोल्नुस भनेर रावललाई समय दिनुयो', एमाले स्रोतले भन्यो।

रावलले प्रस्ताव छलफल नगरि ल्याएको भन्दै आपत्ति जनाएका थिए। उनले विधानको व्यवस्थामा निर्वाचन गर्नुपर्ने व्यवस्था भएको बताए।

त्यतिबेला रावलको प्रतिवाद गर्दै केही प्रतिनिधिहरुले होहल्ला गरेका थिए। उक्त होहल्लापछि रावलले ओलीले गरेको भाषण कार्यकर्तालाई सम्झाएका थिए। ओलीले भाषणका क्रममा अराजकता हुन नहुने बताएका थिए।

रावलले बैठकमा भनेका थिए, 'जनताको बहुदलीय जनवाद मान्नेले यस्तो मान्न सक्दैन।'

निर्वाचन नगर्ने भए आम निर्वाचनमा पनि भाग लिन नहुने भन्दै रावलले ओलीलाई कटाक्ष गरेका थिए। सर्वसम्मति मात्रै मान्य हुदैन भन्दै रावलले सर्वसम्मत आफूलाई मान्य नभएको बताएको उनी निकट स्रोतले बतायो।

रावलले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा कुनै छलफल नगरी प्रस्ताव ल्याएको भन्दै प्रतिरोध गरे। उनले विधान विपरित जान नसिकिने बताए।

रावलले उठाएका प्रश्नको जवाफ दिदैँ ओलीले व्यंग्य गरेका थिए।

'रावलले उम्मेद्वारी दिन्छु भन्नुभएको छ, म उठेन भने के गर्नुहुन्छ?', बैठकमा ओलीले सोधेका थिए।

त्यसको जवाफमा रावलले आफ्नो विरुद्धमा कोही नउठे निर्विरोध अध्यक्ष हुने बताएका थिए। रावलले एमालेको महाधिवेशनमा पार्टीको विधान विपरित प्रतिस्पर्धा गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने विषय गम्भीर भएको बताए। उनले लोकतान्त्रिक अधिकारीमाथि कुठाराघात भएको बताए।

'जबज मान्ने एमालेका लागि यो कुरा मान्ने हुन सक्दैन भने', रावलले पहिलोपोस्टसँग भने।

अन्तिममा बैठकमा रावलले उम्मेद्वारी फिर्ता नलिए निर्वाचन हुने ओलीले बताएका थिए। एमालेका नेताहरुले रावलले उम्मेद्वारी फिर्ता नलिए निर्वाचन हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell