PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल



रासस

खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल
फाइल फोटो

नवलपुर: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उनले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने हुनाले खेलकुद विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए।

'खेलकुदले व्यक्तिको स्वास्थ्यसँगै ठाउँको समेत पहिचान बनाउँछ। खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको ध्येय छ। यसका पूर्वाधार विकासमा लगानी बढाइने छ', उनले भने 'आगामी वर्षमा नारायणी नदीमा तटबन्धनलाई बजेट छुट्याइने र गैँडाकोटको थप पूर्वाधार विकासमा थप जोड दिइने छ।'

कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले गैँडाकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा चिनाउन पनि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले भनिन्, 'नगर क्षेत्रको खेलमैदान र अन्य विकासका लागि संघीय र प्रदेश सरकारबाट सहयोग आवश्यक छ।'

शनिबारदेखि सुरु भएको खेलमा गैँडाकोट नगरका १७ वडास्तरीय फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता विजेतालाई ३० हजार रुपैयाँ र ट्रफी तथा उपविजेतालाई २० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell