PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

लिभरपुलको सहज जितमा जोटाको दोहोरो गोल



पहिलोपोस्ट

लिभरपुलको सहज जितमा जोटाको दोहोरो गोल

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्टनमाथि सहज जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको दोस्रो मिनेटमा नै एन्ड्र्यु रोबर्टसनको पासमा गोल गर्दै डिएगो जोटाले घरेलु टोलीलाई अग्रता दिलाए। उनले नै खेलको ३२ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै ३७ औं मिनेटमा थिआगो अलकान्टाराले गोल थप्दा पहिलो हाफमै लिभरपुल ३ गोलले अघि रह्यो। दोस्रो हाफमा भर्जिल भान डाइकको गोल गर्दा लिभरपुलले ४-० को सहज जित निकालेको हो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा आर्सनलले न्युक्यासलमाथि २-० को जित निकालेको थियो भने एस्टोन भिल्लाले क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरले जित निकालेको थियो।

जितसँगै २८ अंक जोडेर लिभरपुल दोस्रो स्थानमा पुगेको छ भने २३ अंक जोड्दै आर्सनल पाँचौं स्थानमा छ। तालिकाको शीर्षस्थानमा २९ अंक जोडेको चेल्सी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell