PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

सिन्धु कांग्रेस क्षेत्र-२ को सभापति आइतमान तामाङसहित प्यानल नै विजयी



पहिलोपोस्ट

सिन्धु कांग्रेस क्षेत्र-२ को सभापति आइतमान तामाङसहित प्यानल नै विजयी

काठमाडौं: नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र-२ को सभापतिमा आइतमान तामाङ प्यानलसहित विजयी भएका छन्।

सभापतिमा तामाङले ५१७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कृष्णकुमार तामाङ समीरले ३३१ मत प्राप्त गरे।

यसैगरी सचिवमा केशव श्रेष्ठ ४२६ मतले विजयी भए भने उनका प्रतिद्वन्दी जित थिङले ३३६ मत ल्याए। यसैगरी सचिवमै बिष्णु घोरासईनी ३७० मतले विजयी भए।

सहसचिवमा दिपकुमार तामाङ र कृष्ण मुरारी चौलागाईले निर्वाचित भए।

कुल ९२५ मतदाता रहेको क्षेत्र-२ मा ८७५ मत खसेको थियो। आइतमान यसअघि साविक क्षेत्र-३ को सभापति हुँदै समायोजनबाट क्षेत्र -२ कै सभापति थिए। उनी जिल्ला सभापति विकास लामा निकट उम्मेद्वार हुन्।

आइतमान मेलम्ची नगरपालिकाको मेयरका प्रत्यासी समेत हुन्।

कृष्ण कुमार भने मेलम्ची -४ निर्वाचित वडा सदस्य हुन। उनी केन्द्रीय सदस्य बस्नेत प्यानलको हुन्।

उता क्षेत्र -१ मा भने बालकृष्ण बस्नेत ७४३ मत ल्याएर विजयी भएका छन। बस्नेत केन्द्रीय सदस्य मोहन बस्नेत प्यानलका उम्मेद्वार हुन्।

बालकृष्णका प्रतिद्वन्दी तीर्थ तामाङले भने २३० मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell