PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जावलाखेल युथ क्लब र नेपाल पुलिस भिड्दै



पहिलोपोस्ट

जावलाखेल युथ क्लब र नेपाल पुलिस भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एउटा खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्।

आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबसँग १-० गोलको साँघुरो हार ब्यहोरेको जावलाखेल आज आफ्नो पहिलो जितको खोजीमा हुनेछ।

'नेपाल पुलिस क्लबसँग खेल्दैछौं। गर कि मर अवस्था हो। ३ अंक चाहिएको छ हामीलाई त्यसका लागि जुनसुकै औजार प्रयोग गर्छु,' दोस्रो चरणको खेलहरु सुरु हुने अघि जावलाखेलका प्रशिक्षक किशोर कुमार केसीले भनेका थिए।

अर्कोतर्फ लिग जित्ने लक्ष्य राखेको पुलिसले आफ्नो पहिलो खेलमा विभागीय टोली आर्मीसँग बराबरी खेलेको थियो।

खेल दशरथ रंगशालामा सवा ५ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell