PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बागलुङमा कांग्रेस सभापतिका लागि पुन: मतदान हुँदै



पहिलोपोस्ट

बागलुङमा कांग्रेस सभापतिका लागि पुन: मतदान हुँदै

पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागलुङ जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत नपुग्दा पुन: मतदान हुने भएको छ। शनिबार भएको निर्वाचनमा सभापति पदका लागि तीन जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्।

तीन उम्मेद्वार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि आज पुन मतदान हुँदैछ। शनिबार भएको निर्वाचनमा जगदीशचन्द्र उपाध्यायले ७ सय ९०, जीतबहादुर शेरचनले ६ सय ८६ र दोर्णकुमार कुँवरले १ सय ८६ मत ल्याएका थिए।

कुल १ सय ७८० मतदाता रहेको जिल्लामा १ हजार ६८८ मत खसेको थियो। ४५ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell