PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

फराकिलो जितको लक्ष्यका साथ नेपाल आज युएईसँग भिड्दै



पहिलोपोस्ट

फराकिलो जितको लक्ष्यका साथ नेपाल आज युएईसँग भिड्दै
फाइल फोटो क्यान

काठमाडौं: नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज यूएईको सामना गर्दैछ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो पाँचौं खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्नेछ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेलमा नेपाल फराकिलो अन्तरले जित्नु पर्ने दवाबमा हुनेछ। नेपालले यूएईमाथि राम्रो रनरेटका साथ जित निकाल्न सके समूहको शीर्षस्थानमा रहँदै टी २० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सक्नेछ।

छनोटका लागि नेपाल, युएई, मलेसिया, हङकङ, भुटान र कुवेत प्रतिस्पर्धामा छन्। जसमध्ये ४ खेल खेलेर शतप्रतिशत जित निकालेको युएई ८ अंक जोडेर शीर्षस्थानमा छ। त्यस्तै समान खेल खेलेर ३ जित र १ हार ब्यहोरेका हङकङ र नेपालले समान ६ अंक जोडेको छन्। यद्यपि रनरेटका आधारमा नेपाल हङकङभन्दा अगाडि छ। नेपालका लागि आजको खेलमा फराकिलो जित  आवश्यक पर्नेछ भने यूएईले समान्य जित निकाल्ने सकेमात्र पनि ग्लोबल छनोटमा पुग्नेछ। त्यस्तै आजै हङकङले कुवेतसँग खेल्ने छ।

नेपालले यसअघिका खेलमा हङकङसँग पराजय ब्यहोरेको थियो भने भुटान, कुवेत र मलेशियामाथि जित निकालेको थियो।

खेल सवा ११ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell