PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नयाँ भेरियन्टले सतर्क बेलायत : मास्क अनिवार्य, एयरपोर्टमै पीसीआर



पहिलोपोस्ट

नयाँ भेरियन्टले सतर्क बेलायत : मास्क अनिवार्य, एयरपोर्टमै पीसीआर

नयाँ भेरियन्ट फैलनेक्रम सँगै बेलायतले आगामी सातादेखि मुख छोपिनेगरी मास्क लगाउनुपर्ने तथा सुरक्षाका अन्य सावधानीलाई अनिवार्य लागू गराउने भएको छ। बेलायत प्रवेश गर्ने जो कसैको पनि पीसीआर परीक्षण अनिवार्य गरिने भएको छ भने नयाँ भेरियन्ट संक्रमित भएका व्यक्तिसँग सम्पर्कमा पुगेका सबैलाई अनिवार्य रुपमा सेल्फ आइसोलेसनमा जानुपर्ने तय गरिएको छ।

ओम्रकानो भेरियन्टको दुई केस बेलायतमा फेला परेसँगै प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमणविरुद्ध नयाँ रणनीति अघि सारेका हुन्। साथै जोन्सनले यसपालीको क्रिसमस अघिल्लो वर्षको भन्दा सहज हुने पनि बताएका छन्। 

बेलायतमा पहिचान भएका कोभिड १९ को नयाँ भेरियन्ट ती व्यक्तिहरुमा देखिएको छ जो अफ्रिकाको यात्रामा जोडिएका थिए। 

नयाँ भेरियन्ट दक्षिण अफ्रिकमा बुधवार पहिचान भएको थियो। प्रारम्भिक तथ्याङ्कअनुसार उक्त भेरियन्ट फैलने दर यसअघिका भेरियन्ट भन्दा तीब्र रहेको छ। 

'हाम्रा वैज्ञानिकहरु पलपल यसबारे अध्ययनमा जुटिरहेका छन्। अहिलेसम्म देखिएअनुसार ओम्रकानो दोहोरो खोप लगाएका मानिसहरुबिच पनि तीब्र गतिमा फैलिरहेको छ,' प्रधानमन्त्री जोन्सनले भनेका छन्, 'हामीले बेलायतमा यस भेरियन्टलाई फैलने गति कम गर्नुछ।'

बेलायतले नयाँ भेरियन्ट फैलिन रोक्नका लागि तय गरेको रणनीति तीन साताका लागि भनेको छ। त्यसपछि आवश्यकताअनुसार त्यसको पुनर्मूल्याङ्कन हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell