PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

भीम रावललाई 'फोर्स ल्यान्ड' गर्न दुर्गा प्रसाईको सुझाव, भने : ओलीको विकल्प छैन, उहाँपछि हामीजस्ता मानिस आउने हो



पहिलोपोस्ट

भीम रावललाई 'फोर्स ल्यान्ड' गर्न दुर्गा प्रसाईको सुझाव, भने : ओलीको विकल्प छैन, उहाँपछि हामीजस्ता मानिस आउने हो

चितवन : विवादास्पद व्यवसायी तथा नेकपा एमालेका नेता दुर्गा प्रसाईले भीम रावललाई टायर बिहीन हवाइजहाज भन्दै टिप्पणी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा माहोल बनाउन हिँडेका प्रसाईले १० वर्षसम्म ओलीको विकल्प नभएको समेत दावी गरे।

'देशको आवश्यकता केपी ओली हो भीम रावल होइन,' प्रसाईले भने, 'भीम रावलले सेफ ल्यान्डिङ गर्नु राम्रो।'

केपी ओली बाँचुन्जेल अध्यक्ष हुने बताउँदै उनले त्यसपछिमात्रै आफूजस्तै विकल्प खोज्नुपर्ने प्रसाईको भनाई थियो। 'केपी ओली बाचुन्जेल हो। त्यसपछि उहाँको विकल्प हामीजस्ता मान्छे हौं। म आइसके त,' उनले भने।

भीम रावलविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए प्रसाई। 'उहाँ खाली अध्यक्षमा लडछु भन्नुहुन्छ। टावर बिहीन हवाइजहाज जस्तो हो भीम रावल। हवाइजहाज लाई फोम बिच्छाएर ल्याड गरेजस्तै ल्याड गर्नु राम्रो,' दुर्गा प्रसाईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell