PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पासपोर्ट बनाउन राहदानी विभागदेखि लैनचौरसम्म लाइनमा सेवाग्राही

पासपोर्ट बनाउन राहदानी विभागदेखि लैनचौरसम्म लाइनमा सेवाग्राही

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउन सर्वसाधरणको भिड लागेको छ। आज बिहानै देखिनै पासपोर्ट बनाउन सेवाग्राही लाइनमा बसेका छन्।

सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको छ।

राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधरण लाइनमा बसेका छन्। जसकारण त्यसक्षेत्रमा ट्राफिक जाम भइरहेको छ।

यस्तै, पासपोर्ट बनाउन चाहिने कागजातहरु फोटोकपी गर्न केशरमहल र संचयकोष भवनमा रहेको पसलमा पनि सेवाग्राहीको भिड लागेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell