PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता आयोजना हुँदै



पहिलोपोस्ट

जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता आयोजना हुँदै
Photo : IndiaMart

काठमाडौं: जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता हुने भएको छ। नेपाल चलचित्र निर्देशक समाजले कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको हो।

फिल्मले जातप्रथा र  प्रथाद्वारा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मुलन सम्बन्धी विद्यमान कानुनलाई लागु गर्न प्रेरित गर्ने हुनुपर्ने युएनडीपीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। तर, सामुदायिक भावनालाई चोट पुर्‍याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा समेटिने छैन।

जात व्यवस्था उन्मुलन सम्बन्धी विषयलाई ३ मिनेटको भिडियोमा प्रस्तुत गर्नुपर्नेछ। भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा स्वीकार गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुनसक्नेछन्।

मंसिर २४ गतेसम्म भिडियो पठाइसक्नुपर्नेछ। यसरी प्राप्त भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र ३ सदस्यीय निर्णायकले समितिको मूल्यांकनमा आधारमा विजेता घोषणा गरिनेछ।

सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन फिल्म छनौट हुनेछन्। प्राप्त भिडियो युएनडीपीको पेजमा राखिने र यहाँ राखिएका फिल्मले पाउने दर्शक, अन्तक्रिया र प्रभावका आधारमा मूल्यांकन हुने युएनडीपीले जनाएको छ।

पहिलो हुने फिल्मले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँया प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell