PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

रिसोर्टबाट निस्किएर नेम्वाङले भने : अडान यथावत छ, ओलीलाई छिटो बन्दसत्र स्थल आउन भनेका छौं



पहिलोपोस्ट

रिसोर्टबाट निस्किएर नेम्वाङले भने : अडान यथावत छ, ओलीलाई छिटो बन्दसत्र स्थल आउन भनेका छौं

चितवन : नेता व्यवस्थापनमा सकस भएपछि नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सर्वसम्मतिको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आफू निकट नेताहरुसँग हाल छलफलमा छन्।

पार्क सफारी रिसोर्टमा भएको छलफलबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बाहिरिएका छन्। रिसोर्टबाट निस्किदा संचारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफूले अध्यक्षलाई छिटो बन्दसत्र स्थलमा आउन भनेको बताए।

'कुरा मिलेको छैन। मिलेको भए बन्दसत्र सुरु भइसक्थ्यो नि। अध्यक्ष ओलीलाई छिटो बन्दसत्र स्थल आउन भनेको छु,' उनले भने।

सहमतिका लागि हिजोदेखि जारी प्रयासले ठोस रुप लिन नसकेपछि आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको छैन।

नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो दाबी रहेको अडान राखेका छन्। इश्वर पोखरेले पनि वरिष्ठ उपाध्यक्षका लागि लबिङ गरिरहेका छन्। आफू निकट रहेका यी दुवै नेतालाई मिलाउन ओलीलाई अहिले सकस परेको हो।

आजको छलफलमा पनि नेम्वाङले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहेको बताएका थिए। 'छलफलमा छौं। कुरा भइरहेको छ। दाबी कायमै छ,' उनले भने।

ओलीले आउने प्रतिनिधिसभा निर्वाचनपछि नेम्वाङलाई राष्ट्रपति बनाउने अफर समेत गरेका थिए। तर नेम्वाङले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell