PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विदेशीलाई इजरायल प्रवेशमा रोक लगाइँदै, नयाँ भेरियन्टको बढ्यो त्रास



पहिलोपोस्ट

विदेशीलाई इजरायल प्रवेशमा रोक लगाइँदै, नयाँ भेरियन्टको बढ्यो त्रास
REUTERS

इजरायलले १४ दिनसम्म विदेशीलाई मुलुक प्रवेशमा रोक लगाउने भएको छ। स्थानीय मिडियालाई उदृत गर्दै बीबीसीले जनाएअनुसार कोभिडको नयाँ भेरियन्टबाट बच्नका लागि यस्तो तयारी गरिएको हो। 

आइतवार रातिदेखि नै मन्त्रिपरिषदले प्रतिबन्ध लगाउन सक्ने बताइएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिकोर्नोको एउटा केस पुष्टि भएएलगत्तै इजरायलले यस्तो तयारी गरेको हो। 

नयाँ भेरियन्ट पुष्टिसँगै धेरै मुलुकले दक्षिण अफ्रिका र उसका छिमेकी मुलुकहरुसँगको यात्रा कडाई गरेका छन्। 
विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टप्रति चासो प्रकट गर्दै सचेत रहन भनेको छ। 

शनिवारमात्रै इजरायलको मन्त्रिपरिषदले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक प्रतिवन्ध लगाउन सहमति जनाएको छ। मन्त्रिपरिषदको बृहत बैठकले यसलाई पास गर्न बाँकी छ। 

साथै गैर इजरायलीलाई मुलुक प्रवेशमा रोक, खोपका दुवै मात्र पाइसकेका इजरायलीलाई तीन दिने अनिवार्य क्वारेन्टाइन, खोप नपाएकालाई सात दिन क्वारेन्टाइन अनिवार्य गर्ने सहमति भएको छ। 

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell