काठमाडौं : नेकपा एमालेमा नेतृत्वमा सहमतिको प्रयासलाई लिएर प्राध्यापक कृष्ण पोखरेलले व्यङ्ग्य गरेका छन्। उनले पञ्चायतकालीन प्रधानमन्त्री तुलसी गिरीको सन्दर्भ उठाउँदै नेकपा एमाले नेतृत्वलाई व्यङ्ग्य गरेका हुन्।
'पञ्चायतकालमा प्राय: चुनाव नलडी पनि मन्त्री प्रधानमन्त्री पडकाउने नेता हुन् - डा. तुल्सी गिरी,' प्राध्यापक पोखरेलले लेखेका छन्, 'उनी साथी-भाइका माझ भन्ने गर्थे - मलाई एक भोट भए पुगिहाल्छ, अनि किन टाउको दुखाउनु?'
पोखरेलले त्यो एक भोट राजातिर संकेत हुने गरेको लेखेका छन्।
'उनको संकेत राजा तिर थियो। राजाले पत्याए पुगिगो नि!,' पोखरेलले लेखेका छन्, 'यति सम्म भन्दा सभ्य हुइन्छ कि नाईँ कमरेडहरू?'
तुल्सी गिरी पञ्चायतमा मात्र होइन, राजाको शासनकालमा पनि मन्त्रिपरिषदको उपाध्यक्ष भएका थिए।
उनलाई लिएर टिप्पणी गर्ने राजनीतिशास्त्रका प्राध्यापक पोखरेल नेकपा एमालेका हितैसीका रुपमा स्थापित प्राज्ञिक व्यक्ति हुन्।
